कञ्चनपुर, चैत २८ः जिल्लाकाे लालझाँडी गाउँपालिका वडा नम्बर २, कञ्जका एक वृद्ध मृत फेला परेका छन् । मृत्यु हुनेमा स्थानीय ६५ वर्षीय फगिरा राना नाम गरेका वृद्ध रहेका छन् ।
बिहीबार नुहाउन भनेर घरबाट नजिकैकाे दोदा नदीतर्फ निस्केका वृद्ध मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रमुख प्रहरी निरिक्षक रण बहादुर चन्दले जानकारी दिए ।
मृतककाे शव पोष्टमार्टमका लागि श्रीपुर प्राथमिक स्वास्थ्य केन्द्र बेलौरीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको निरिक्षक चन्दले बताए ।