दाङ, चैत २६ः अर्कै व्यक्तिकाे परिचयपत्र बाेकी नक्कली पत्रकार बनी लकडाउन उलंघन गर्ने एक जनालाई दाङ प्रहरीले पक्राउ गरेकाे छ ।
पक्राउ पर्नेमा दाङ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ का २८ वर्षीय मेघराज सुनार रहेकाे प्रहरीले जानकारी दिएकाे हाे ।
बुधबार तुलसीपुर उपमहानगरपालिका ६ हात्तीखाैवा स्थित सडक खण्डमा ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएकाे प्रहरी टाेलीले चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरेकाे जानकारी दिए ।
बा ८७ प १००६ नम्बरकाे माेटरसाइकललाई चेकजाँच गर्दा उनले म पत्रकार हुँ भनि आफू साथ राखेकाे रिपाेर्टर्स क्लब दाङका आइडी नं १५ प्रेस खिमबहादुर डिसी रिपाेर्टर लेखेकाे फाेटाेसहितकाे परिचयपत्र देखाएका थिए ।
उक्त परिचयपत्र सम्बन्धमा बुझ्दा उनी नक्कली पत्रकार भएकाे फेला परी उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे हाे ।