सिरहामा लकडाउन उलंघन गर्ने २८ सावारी साधन प्रहरीको नियन्त्रणमा

रिपोर्ट नेपाल | 2020 Apr 08 | 08:44 am 2959

  •  महेश सिंह

सिरहा, चैत  २६ः विश्व माहामारीको रूपमा फैलिएको कोरोना भाईरस नेपालमा पनि देखा परेको छ । नेपाल सरकारले कोरोना भाईरस अर्थात कोभीड १९ को संक्रमणबाट बच्न मुलुकभर लकडाउन गरेकाे हाे ।

नेपाल सरकारले चैत ११ गते देखि देशभर लकडाउनको गरेको छ । लकडाउन मंगलबार १५ औं दिन चलिरहेको बेला सिरहामा चेक जाँचमा कडाई गरेकाे छ ।

सरकारले गरेकाे लकडाउनको नियम उलंघन गर्ने ब्यक्तिलाई कानून बमाेजिम नियन्त्रणमा लिएर कारबाही समेत गर्ने गरी लकडाउन गरिएकाे हाे ।

त्यसैगरी  मंगलबार प्रहरीले सिराहामा ‘लकडाउन’अवज्ञा गरेर चलाइएका सवारी साधन मध्ये मोटरसाइकल २५ वटा, एम्बुलेन्स १, ट्रयाक्टर १ र ट्रक १ गरी जम्मा २८ वटा सवारी नियन्त्रणमा लिएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहा मातहतबाट खटिएको प्रहरी गस्ती टोलीले लकडाउन उलंघन गरी चलाईएको उक्त सवारी साधनलाई आवश्यक कार्वाहीको लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलय सिरहाले जनाएको छ ।

खाली एम्बुलेन्स सडकमा चलाएकोले एम्बुलेन्स पनि नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय सिरहाले जानकारी दिएकाे हाे ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.