कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त पक्राउ

रिपोर्ट नेपाल | 2020 Apr 07 | 09:07 pm 2266

दाङ, चैत २५: कर्तव्य गरी  ज्यान मारेकाे मुद्दामा फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेकाे छ  । पक्राउ पर्नेमा राजपुर गाउँपालिका १ रसरीखाेलाका २४ वर्षीय जसराम कामी रहेका छन् ।

गत चैत १९ गते सहाेदर दाई प्रेमबहादुर कामीलाई मादक पदार्थ सेवन गरी चिर्पट दाउराले हिर्काउँदा विभिन्न भागमा चाेटलागी गम्भीर घाइते बनाएका थिए ।

गम्भीर घाइते  उनकाे उपचारकाे लागि लमही अस्पताल लमही पठाइएकाेमा उपचारकाे क्रममा चैत २० गते मृत्यु भएकाे थियाे ।

कुटपीट गरी फरार रहेका जसरामलाई खाेला नजिकैकाे ठाउँमा लुकिछिपी बसेकाे अवस्थामा प्रहरीले मंगलबार पक्राउ गरी ईलाका प्रहरी कार्यालय गढवा दाङमा ल्याई थप अनुसन्धान भइरहेकाे जानकारी दिएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.