जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

रिपोर्ट नेपाल | 2020 Apr 05 | 03:52 pm 3173

एजेन्सी, चैत २३ः (मस्काे) गएराति रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।

प्रहरीका अनुसार कोरोनाभाइरसका कारण स्थानीयबासीलाई आआफ्ना घरभित्र बस्न आदेश दिइए पनि ती पाँच व्यक्ति अर्कैको घरछेउ सडकमा बसेर हल्ला गरेकाे बताइएकाे छ । हत्या भएकाहरू मध्ये चार जना पुरुष र एक महिला छन् । उक्त घटना शनिबार राति १० बजे भएको थियो ।

राजधानी मस्कोबाट दक्षिणपूर्व करिब २ सय किलोमिटर टाढाको र्याजान क्षेत्रस्थित येलात्मा गाउँमा भएको अधिकारीहरुले बताएका छन् ।

प्रहरीले गोली चलाउने व्यक्तिलाई एक थान राइफल सहित गिरफ्तार गरेको जनाइएकाे छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.