कपिलवस्तु, चैत २१:शुक्रबार दिउँसो कपिलवस्तुको गुगौलीको सिङ्खो गाउँमा भीषण आगलागी भएको छ ।
विजयनगर गाउँपालिका वडा नम्वर १ गुगौली गाउँमा लहरै रहेका फुसले छाएका घरहरुमा आगलागी हुँदा करिब ४० घर जलेर नष्ट भएको प्रहरी निरिक्षक मधु नेपालले जानकारी दिए ।
प्रहरी निरीक्षक नेपालले बताए अनुसार हामी भर्खरै आएर आगो निभाउन लागेका छौं । ‘लहरै रहेको घरमा आगलागी भएको छ, ४० भन्दा बढि घरहरु जलेर नष्ट भएको अनुमान गरिएको छ, एकिन विवरण भने तयार पार्न सकिएको छैन् ।
अहिलेसम्म मानवीय क्षति नभएको तर अन्न र धनमालको प्रशस्त क्षति भएको बताए ।
घटनाको विस्तृत विवरण आउन भने बाँकी नै रहेको छ ।