पाँचथर अस्पतालमा छाेरीकाे जन्म, बी एण्ड सीमा बाबुकाे निधन

रिपोर्ट नेपाल | 2020 Apr 03 | 05:19 pm 1638

पाँचथर, चैत २१ः फिदिम नगरपालिका–५ का वडाध्यक्ष लीलाराज तुम्बापोको निधन भएको छ । ३३ वर्षीय तुम्बापोको झापाको बिर्तामोडमा रहेकाे बी एण्ड सी अस्पतालमा उपचारका क्रममा शुक्रबार निधन भएको हो ।

बिहीबार गम्भीर बिरामी भएपछि फिदिममा रहेकाे समर्पित अस्पताल भर्ना गरिएका तुम्बापोको स्वास्थ्यमा सुधार नआएपछि साँझ हेलिकप्टरमार्फत बी एण्ड सी अस्पताल  झापा लगिएको थियो ।

भेन्टिलेटरमा राखेर उपचार गरिएका तुम्बापोको निधन भएको बी एण्ड सी अस्पतालका जनसम्पर्क अधिकृत प्रमिश गिरीले बताए । तुम्बापोको रक्त क्यान्सरका कारण मृत्यु भएको बताइएको छ ।

वडाध्यक्ष तुम्बापोको निधन भएकै दिन उनकी श्रीमतीले दोश्रो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छन् । शुक्रबार बिहान ३ बजेको समयमा पाँचथर अस्पतालमा छोरीको जन्म भएको आफन्त सुवास तुम्बापोले जानकारी दिए ।

तुम्बापो तत्कालिन नेकपा एमालेको तर्फबाट वडाध्यक्षमा निर्वाचित भएका थिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.