कास्की, चैत २०: बुधबार राति पोखरामा मोटरसाइकल नालीमा खस्दा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पोखरा २६ सुन्दरीबजारका ३८ वर्षीय निम राज पुन रहेकाे कास्की प्रहरीले जानकारी दिएकाे हाे ।
नालीमा खसेकाे ग ११ प ८२८१ नम्बरको मोटरसाइकल बिहीबार बिहान प्रहरीलाई खबर गरेपछि प्रहरीले पुनको शव र मोटरसाइकल नालीबाट निकालेको थियो ।
मोटरसाइकलमा अरु सवार रहे वा नरहेको बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार केसीले जानकारी दिए । स्थानीयले घटनास्थलमा एक महिलाको चप्पल समेत देखिएको बताएका थिए ।