तेह्रथुम , चैत २०ः जिल्लाकाे आठराई-६, चुहानडाँडामा रहेको सामुदायिक वनमा मंगलबार लागेको आगलागीमा परी एक बृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा साविक चुहानडाडा-८, बोखिमका ८१ वर्षीय बृद्ध फौदराज पौठाक रहेको प्रहरीले जानकारी दिएकाे हाे ।
उनलाई जलेर मृत्यु भएको अवस्थामा शव फेला परेको चुहानडाँडाका वडा अध्यक्ष तेज प्रसाद कन्दङवाले जानकारी दिए ।