- प्रेम सुनार
बुटवल, चैत्र १८: २०२४ साल देखि २०३९ साल सम्म तत्कालिन नेपाल सरकारका विभिन्न मन्त्रालयको मन्त्री समेत रहेका बागलुङ बजारका तेजेन्द्रबहादुर खड्काका छोरा हुन् ७७ बर्षीय बृद्ध विदुर खड्का ।
उनी क्याम्सको मुखपत्रको सम्पादक देखि खोरखापत्रको सम्वादाता हुँदै अहिले ७७ बर्षको उमेर सम्म ईबागलुङ अनलाईनको प्रधान सम्पादक एवं सञ्चालक हुन् । कुनै दुर्घटना वा अहिलेको कोरोना भाईरसको सक्रमण जस्तो विपदको बेला मध्येरात सम्म नसुतेर न्युज अपडेट गर्ने गर्दछन् ।
उनको पत्रकारिता जनपक्षिय छ । गलत कार्यको निडरतापुर्वक वाकलत गर्छन् । पश्चिम नेपालका जिल्लाहरु समेटेर उनले जिल्लाका युवा रिर्पोटरहरु खोज पत्रकारिता गर्न सुटेट बुटेट नभई सर्वसाधरण जनता जस्तै भएर पत्रकार बन्न सुझाव दिन्छन् ।
एकथरी पत्रकार कमाउनका लागि वा समाजमा बेग्लै शान देखाउनका लागि हुने गरेको उनको ठम्याँई छ । सच्चा पत्रकार सर्वसाधरण जनता भन्दा माथि नदेखिने गरी हिड्न उनको सुझाव छ । २००० साल भदौ ३० गते उनै पिता तेजेन्द्रबहादुर खड्का र माता सुमित्रा खड्काको कोखबाट जन्मिएका विदुर खड्का यति बेला ७७ बर्षको उमेरमा पाईला टेक्दैछन् ।
२०२४ सालमा पाटन क्याम्पसमा बिएड पढ्दा त्यस क्याम्पसको मुखपत्र ललिता बार्षिक पत्रिकाकामा विद्यार्थीहरुको तर्फबाट सम्पादक बने पछि उनलाई पत्रकारिताको नशा लाग्न सुरु भएको थियो । त्यही क्रममा उनले बागलुङ मुद्धा लड्न काठमाडौं जाने झग्डायाहरुको न्युज खोरखापत्रमा छापे ।
त्यस पछि उनी २०२७ सालमा खोरखापत्र दैनिकको सम्वादाता बने । संगै उनले बागलुङमा धौलाश्री साप्ताहिक पत्रिका चलाउन थाले । २०५४ साल देखि त्यसलाई दैनिक पत्रिका बनाए । २०६३ साल तिर त्यो पत्रिका बन्द गरेर डिजिटल पत्रिकामा उनले पाईला टेके ।
प्रधान सम्पादक खड्का भन्छन्– त्यति बेला अनलाईनहरु प्राय थिएनन् । सम्भवत यस क्षेत्र कै पहिलो अनलाइन हुनु पर्छ मैले धौलाश्री अनलाईन २०६४ साल देखि चलाउन थालेको हुँ । त्यसैलाई २०७४ सालमा दर्ता गरेर ईबागलुङ अनलाईन आधिकारिक रुपमा चलाउन थालेको हुँ । त्यस पुर्व अनलाईन दर्ता गर्ने चलन थिएन ।
पत्रकारिताको यति लामो यात्रामा रहेका खड्काले निडर र स्वच्छ भएर पत्रकारिता गर्न नयाँ पिढिलाई सुझाव दिन्छन् । सत्य तथ्यको गहिराईमा पुग्न सिमित श्रोतले मात्र नपुग्ने उनको अनुभव छ । कसैको पृष्ठपोषक र हनुमन्ते पारामा समाचार सम्प्रेषण गर्नेहरु पत्रकार नै हुन नसक्ने उनको धारणा छ ।
पत्रकारितालाई कमाई खाने भाँडो नबाउन आग्रह गर्दै उनले भने –अहिले सम्म म कसै संग विज्ञापन समेत माग्ने गरेको छैन । मैले ुसबै भन्दा ठुलो उपलब्धी जनताको समस्या उठानलाई मान्ने गरेको छु । सत्य कुरा उठान गर्न डराउँदिन धम्की त कति आए कति भनेरै साध्ये छैन् ।
उनले मोफसलका पत्रकारको तर्फबाट २०३८ सालमा तत्कालिन राजा विरेन्द्र र रानी ऐश्र्या संग ईजिप्ट भ्रमणमा गएको स्मरण सुनाउँदै भने –मोफसलका पत्रकारहरु राजकिय भ्रमणमा जाने अवसर पाएको सायदै मैले नै होला ।
उनको निरन्तर पत्रकारितालाई सघाउने उनकी श्रीमति गंगा खड्का हुन् । त्यसो त तीन छोरा र घरमा रहेकी भतिजीले पनि सघाउँछिन् । जेठा छोरा तिर्थेन्द्र खड्का भेरी अञ्चल अस्पताल नेपालगञ्जमा डाक्टर छन् । माईला छोरा धिरजविक्रम खड्का नेपाल आयल निगम काठमाण्डौमा कम्युटर इन्जिनियर छन् । कान्छा विवेक खड्का अमेरिकामा छन् ।
आर्थिक रुपमले उनलाई नपुग केहि छैन् । उनी भन्छन्, मेरा लागि पत्रकारिता नसा बन्यो अन्तिम सास सम्म पनि मैले यो क्षेत्र त्याग्न सक्दिँन । बुढेसकालमा मानिसहरु दिनभरी सुत्नेवा टिभी हेरे बस्ने गर्दछन् तर म त्यसो गर्न चाहन्न, स्वाथ्यका लागि पनि हानिकारक छ त्यसैले खानपिन र सामन्य हिड्डुल बाहेकको पुरै समय यस अनलाईनलाई दिएको छु ।