काठमाडौं, चैत १८: सुर्यबिनायक नगरपालिका अन्तर्गत हनुमन्ते खोलामा सोमबार टाउको नभएको एक महिलाको शव भेटिएको छ ।
हनुमन्ते करिडोर निर्माण भईरहेको खोलामा करिब २८ देखि ३० वर्ष उमेरकी निलो सुरुवाल र टिसर्ट लगाएको एक महिलाको बिभत्स अबस्थामा घाटी काटेर फ्याकिएको शव भेटिएको महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरी उपरीक्षक सविन प्रधान जानकारी दिए ।
प्रधानले घट्नास्थलको अबस्था हेर्दा अन्य ठाउँमा हत्या गरी त्यहाँ ल्याएर फ्याकेको हुनसक्ने अनुमान गरेका छन् ।
धारिलो हतियार प्रयोग गरेर हत्या गरेको अनुमान लगाउन सकिने बताउदै उनले पोष्ट मार्टमको रिपोर्ट आएपछि मात्रै घट्नाकोबारेमा विस्तृत भन्न सकिने जानकारी दिए।
शव कस्को हो भन्ने पहिचान हुन नसकेको जानकारी दिदै प्रहरीले शव पहिचान गर्न र बिभिन्न कोणबाट अनुसन्धान सुरु गरेको प्रहरी उपरीक्षक प्रधानले जानकारी दिए। शवलाई साँझ परीक्षणका लागि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको छ ।