- महेश सिंह
सिरहा, चैत १२: सिरहाको लहान बजार गोलबजार चोहर्वा , मिर्चैया लगातका मुख्य बजारहरु करोना भाईरसको त्रासले सिरहा ,सप्तरी ,धनुषा ,महोत्तरी उदयपुर लगायत सम्पुर्ण जिल्ला सुनसान रहेका छन् ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमण रोकथाम र फैलन नदिनका निम्ति नेपाल सरकारले मंगलबारदेखि एक हप्ताको लागि लकडाउनको घोषणा गरे संगै सम्पूर्ण नागरिकमा प्रभाव परेको देखिएको छ ।
उक्त समयमा कुनै किसिमको गतिविधि हुन र गर्न नदिन स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) बमोजिम निषेधाज्ञा जारी गरिएको हो ।
आज पनि यहाँका सम्पूर्ण पसलहरु बन्द छन भने सवारी साधन पनि पूर्ण रुपले ठप्प छन् ।

कोरोना संक्रमणको जोखिम कम गर्न सरकारले आह्वान गरेको लकडाउनलाई पूर्ण रुपमा पालन गर्न सबैसँग आग्रह गरेका छन् ।
सरकारको आदेश उल्लंघन गर्नेलाई एक महिनाको कैद सजायसमेत हुन सक्ने बताएका छ्न ।
