भिजिटरहरुको प्रवेशमा निषेध

रिपोर्ट नेपाल | 2020 Mar 25 | 04:07 pm 1365

काठमाडां, चैत १२: कोरोना भाईरस (कोभिड १९) को संक्रमणको कारणबाट उत्पन्न भएको जोखिमलाई मध्येनजर गरी जनसम्पर्क तथा सूचना निर्देशनालयको कार्यालयमा अर्को सूचना प्रकाशित नभएसम्म गैर सैनिक तथा अन्य कार्यालयका भिजिटरहरुको प्रवेशमा निषेध गरिएको जानकारी गराइएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाईरस लगायत नेपाली सेनाको अन्य विविध गतिविधिहरु विगतका दिनहरुमा झैं प्रेस विज्ञप्तीमार्फत जानकारी गराइनुका साथै अन्य थप जानकारी तथा विवरणहरुको लागि निर्देशनालयको टेलिफोनमार्फत प्राप्त गर्न सञ्चारकर्मी लगायत सबैमा जानकारी गराएको उल्लोख छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.