मंगलबारदेखि एक साताका लागि मुलुक लकडाउन

रिपोर्ट नेपाल | 2020 Mar 23 | 08:50 pm 1583

काठमाडौं, चैत १०: नेपालमा कोरोना भाएरसको संक्रमण भटिए लगत्तै कोरोना भाइरस रोकथामसम्बन्धी सोमबार साँझ बसेको उच्चस्तरीय समिति बैठकले मुलुकलाई एक साताका लागि लकडाउन गर्ने निर्णय गरेको छ।

समितिको बैठकले भोलि मंगलबार बिहान ६ बजेदेखि देशलाई पूर्णरुपमा लकडाउने गर्ने निर्णय गरेको हो ।

मंगलबार बिहानदेखि एक सातासम्म कोही पनि घर बाहिर निस्कन पाइने छैन। लक डाउनका क्रममा सार्वजनिक सवारी साधनदेखि हवाइसेवा पनि बन्द हुनेछन्।

यसक्रममा सुरक्षाकर्मी र स्वास्थ्यकर्मीसहितका अत्यावश्यक सेवाका सदस्यले मात्रै आवतजावत गर्न पाउने छन्। लकडाउनका क्रममा अनुमति लिएका मानिस र सवारी साधनले मात्रै आवतजावत गर्न पाउने बताइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.