भारतबाट आएका ५ सय ४० जना क्वारेन्टाइनबाट भागेपछि…(भिडियोसहित)

| 2020 Mar 23 | 06:39 pm 2541

बाँके, चैत १०: सरकारले सोमबार बिहान भारतका विभिन्न स्थानबाट नेपाल प्रवेश गरेका नेपालीलाई व्यवस्था गरेको क्‍वारेन्टाइनबाट भागेका छन् ।

जमुनाह नाकामा अलपत्र परेका झन्डै ५ सय ४० जनालाई बाँके जिल्ला प्रशासन र नेपालगञ्‍ज उपमहानगरले उद्धार गरी क्वारेन्टाइनमा राखेको थियो।

उनीहरुले आफूहरुलाई कि त घर जान दिनुपर्ने कि व्यवस्थित तरिकाले राख्‍नुपर्ने भनेर आन्दोलन गरेका थिए।

थोरै संख्यामा रहेका सुरक्षाकर्मीले सम्झाउँदा नमानेका उनीहरु पर्खाल चढेर क्याम्पसबाट निस्किएका हुन्।

बिहान १० बजे भन्दा पहिले नाकामा आइपुगेकालाई ज्वरो नापेपछि नगर बसमा राखेर सीमा नाका नजिकै महेन्द्र बहुमुखी क्याम्पसमा लगिराखिएको थियो।

क्‍वारेन्टाइनका लागि छुट्याइएको स्थानमा कुनै सुविधा नभएको र एउटै कोठामा ३०/३५ जनालाई राखिएको भन्दै उनीहरुले असन्तुष्टि जनाएका थिए।

उनीहरुमध्ये केही हिजैदेखि खाना नखाएका पनि पाइएका थिए। ठूलो संख्यामा सुरक्षाकर्मी आइपुग्दा क्‍वारेन्टाइनस्थलमा रहेका सबैजना निस्किइसकेका थिए।

क्‍वारेन्टाइन व्यवस्थापन गरेको उपमहानगरकी उपमेयर उमा थापाले भारतबाट आएका नेपाली क्‍वारेन्टाइनबाट भागेको बताइन्।

भिडियो इकान्तिपुरबाट

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.