कैलाली, चैत १०: जिल्ला प्रशासन कार्यालय, कैलालीले सोमबार दिउँसो दुई बजेबाट लागू हुने गरी कर्फ्यू जारी गरेको छ ।
कोरोना संक्रमण रोकथाम, नियन्त्रण र संक्रमण फैलन नदिन अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गराउन कर्फ्यू जारी गरेको बताइएको हो।
विभिन्न अत्यावश्यक सेवाहरू बाहेकका अन्य सबै सेवा स्थलहरू अर्को आदेश नभएसम्म स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६९३० बमोजिम जिल्ला भर नगर्न नगराउन कर्फ्यू जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
