नेत्रविक्रम चन्दका माइला दाईसहित ६ जना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 23 | 12:13 pm 1898

काठमाडौ, चैत १०: सरकारद्वारा प्रतिबन्धित लगाइएका नेत्रविक्रम चन्द (विप्लव) नेतृत्व नेकपाका ६ जना कार्यकर्तालाई प्रह्रीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा नेत्रविक्रम चन्दका माइला दाई जयन्द्र चन्दसहित ६ जना रहेको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले जानकारी दिए ।

उनीहरुलाई आइतबार राति ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको एसएसपी राईले बताए।

उनका भनाई अनुसार हामीले ललितपुरबाट पक्राउ गरी ल्याएका मध्ये जयन्द्र चन्द नेत्रविक्रम चन्द विप्लवका माईला दाई भएको खुल्न आएको छ, अनुसन्धान जारी छ।

पक्राउ परेका चन्द नेपाल गणतान्त्रिक खेलकुद महासंघका अध्यक्ष रहेको बताइएको छ। विप्लवका जेठा दाई वीरजंग चन्द यसअघि दाङबाट पक्राउ परीसकेका बताएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.