बुद्ध एयर आजदेखि काठमाडौं -वाराणसी उडान सुरु

| 2018 Jun 29 | 05:54 pm 3379

काठमाडौं, १५ असार : आज देखि बुद्ध एयरले काठमाडौंबाट भारतको वाराणसी उडान शुरु गरेको छ । शुक्रबार अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलनको आयोजना गर्दे हरेक सोमबार र शुक्रबार काठमाडौँदेखि बनारससम्म नियमित उडान हुने बताएका छन्् ।

योभन्दा अगाडि महिनामा दुईओटामात्र उडान गर्ने गरेको काठमाडौँदेखि बनारस उडान सेवा अब महिनामा ८ ओटा हुनेछ। पर्यटनमन्त्री रवीन्द्र अधिकारीले उडानको उद्घाटन गर्दे बुद्ध एयरको नयाँ उडानले नेपाल—भारतबीच अझ पर्यटनको विकासमा टेवा पुग्ने बताए ।

नेपाल भारतको धार्मिक पर्यटनको लागि निकै नजिकको छिमेकी राष्ट्र भएको कारण काठमाडौँ—वाराणसी उडान भर्नु नेपालको लागि खुशीको कुरा भएको मन्त्री अधिकारीको भनाई छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.