अपरिचित वस्तु आगोमा पगाल्दा विस्फोट भई कैलालीमा एकको मृत्यु

| 2020 Mar 22 | 02:29 pm 1720

कैलाली, चैत ९: धातुको अपरिचित वस्तु पगाल्दा विस्फोट भई एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोदावरी नगरपालिका–४, फुलबस्तीका ३५ वर्षीय नरबहादुर विक रहेका छन् ।

जंगलमा भेटिएको वस्तु आगोमा तताउँदा पड्किएर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्रवक्ता प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए।

उनका अनुसार इलाका प्रहरी कार्यालय मालाखेतीबाट प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर विष्ट नेतृत्वको टोली घटनास्थलतर्फ गएको बताए ।

डिएसपी बस्नेतले दिएको जानकारीअनुसार विकले गाउँमा तामाको वस्तु फेला पारेपछि पगाल्ने क्रममा पड्किएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको कैलाली प्रहरीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.