ट्रक र मोटरसाइकल ठोक्किँदा काभ्रेको भैसेपाटीमा बाबु छोराको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 22 | 10:10 am 2230

काभ्रे, चैत ९: बनेपा नगरपालिका वडा नम्बर १३ भैसेपाटीस्थित मिनी ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँएर दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उदयपुर रौतामाई गाउँपालिका वडा नम्बर ४ का ३५ वर्षीय मीनबहादुर श्रेष्ठ र उनका ५ वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।

उक्त मोटरसाइकलमा सवार सुनिता श्रेष्ठ घाइते भएकी छन्, उनीको अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख योगेन्द्र तिमिल्सिनाले जानकारी दिए ।

साँगातर्फ जाँदै गरेको बा ५ ख २३९० नम्बरको मिनी ट्रक र बनेपातर्फ आउँदै गरेको बा ५७ प ७२८ नम्बरको मोटरसाइकल आपसमा ठोकिएको प्रहरीले जनाएको छ । घटनामा घाइते भएकी सुनितालाई तत्कालै शीर मेमोरियल अस्पताल लगिएको बताइएको छ मृतक दुवैको शव सोही अस्पतालमा नै रहेको प्रहरीले जनाएको छ ।

उक्त मिनी ट्रक चालक रामेछाप खाँडदेवी गाउँपालिका वडा नम्बर ७ का ३३ वर्षीय लक्ष्मीनारायण श्रेष्ठ र ललितपुर हात्तिवन बस्ने गाडी धनी गंगा तिमिल्सिनालाई प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.