अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरमा एक जना घाइते

रिपोर्ट नेपाल | 2020 Mar 20 | 05:56 pm 1686

मकवानपुर, चैत ७: अज्ञात समूहको गोली प्रहारबाट मकवानपुरमा एक जना घाइते भएका छन् ।

घाइते हुनेमा कैलाश गाउँपालिका–८ का ३० वर्षीय लालबहादुर मोक्तान रहेका छन् ।

गम्भीर घाइते भएका मोक्तानको उपचारका लागि मनाङ एयरको हेलिकोप्टरबाट काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टीकाबहादुर कार्कीले जानकारी दिए ।

उनका अनुसार शुक्रबार बिहान अज्ञात समूहले मोक्तानमाथि गोली प्रहार गरेको थियो ।

घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मोक्तानलाई कसले र किन गोली प्रहार गरेको भन्ने विषयमा प्रहरीले अनुसन्धान टोली गठन गरी छानबिन गरिरहेको प्रहरी नायब उपरीक्षक कांर्कीले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.