आत्महत्या दुरुत्साहन गर्न बाध्य पारेको अभियोगमा तीन महिला पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 20 | 01:35 pm 1660

भक्तपुर, चैत ७: एक जना महिलालाई आत्महत्या गर्न बाध्य पारेको अभियोगमा तीन जना महिलालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ खानीखोला गाउँपालिका वडा नम्बर १० घर भई हाल मध्यपुरथिमि १ लोकन्थली बस्ने ३६ वर्षीया अप्सरा बाँस्कोटा, ताप्लेजुङ तेलोक गाउँपालिका वडा नम्बर २ घर भई हाल लोकन्थली बस्ने ३४ वर्षीया सुनिता सुब्बा र ताप्लेजुङ तेलोक गाउँपालिका वडा नम्बर २ घर भई लोकन्थली बस्ने १८ वर्षीया एनिहा सुब्बा रहेकाा छन् ।

उनहरुलाई भक्तपुरको मध्यपुरथिमि नगरपालिका वडा नम्बर १ मनोहरा बस्तीमा बस्ने एक महिलालाई कुटपिट गरेर आत्महत्या गर्न बाध्य पारेको आरोपमा थिमि बृत्तले पक्राउ गरेको हो ।

उनीहरुले खोटाङ दिक्तेल नगरपालिका वडा नम्बर ३ पिनालाखा घर भई हाल मनोहरामा बस्दै आएकी ३५ वर्षीया विमला राईलाई कुकुरले मासु खाइदिएको निहुँमा कुटपिट तथा शारीरिक यातना दिएका थिए ।

मृतकका छोरा अनिश राईले उनीहरुले कुटपिट, शारीरिक तथा मानसिक यातना दिएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि उनीहरुलाई पक्राउ गरिएको थिमि बृत्तले जनाएको छ ।

मृतक राईको शव पोष्टमार्टमका लाग त्रिवि शिक्षण अस्पताल पठाइएको छ । प्रहरीले पक्राउ परेका तीनै जनालाई आत्महत्या दुरुत्साहन मुद्दा दर्ता गरी थप अनुसन्धान गरिरहेको बताइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.