एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुईजना पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 19 | 08:46 pm 1956

बर्दिया, चैत ६: जिल्लाको मधुवन नगरपालिका ७ स्थित गंगा बस्तीबाट बुधबार एपीएफ टोलीले एक नाल भरुवा बन्दुक, सोको गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ पिस छर्रासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मधुवन नगरपालिकाका ५० वर्षीय लिलबहादुर कुवँर र सोही नगरपालिका ९ का ३६ वर्षीय दिलबहादुर चौधरी रहेका छन् ।

बाटोमा लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक, गोली, केप, बारुद र छर्रा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साईकल समेत बरामद गरेको छ ।

पक्राउ परेका दुबै जनालाई एपीएफ टोलीले बरामद सामानसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको लत्तापडा बरामद

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ कमलारपट्टिबाट बिहीबार एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.