लोक सेवा आयोगको परीक्षा स्थगित

| 2020 Mar 19 | 03:02 pm 1651

काठमाडौं, चैत ६: कोरोना भाइरसको संक्रमण विश्वभर फैलिरहेको बेला त्यसलाई सतर्कता अपनाउन लोक सेवा आयोगले चैत ८ गतेपछि संचालन हुने सबै लिखित परीक्षा स्थगित गरेको छ ।

बिहीबार बसेको आयोगको बैठकले चैत ८ गतेदेखि चैत मसान्तसम्म तय गरिएको लिखित परीक्षा स्थगित गर्ने निर्णय गरेको उपसचिव एक नारायण शर्माले जानकारी दिएका छन् ।

लोक सेवा आयोगले सञ्चालन गर्ने निजामती सेवा, सुरक्षा निकाय र संगठित संस्था तर्फका लिखित परीक्षाका कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको शर्माले विज्ञप्तिमा उल्लेख गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.