काठमाडौं, चैत ५: मूलपानी क्षेत्रमा सडक मिचेर बनाएका घर तथा अन्य भौतिक संरचना बुधबार डोजर लगाएर भत्काएको छ ।
सार्वजनिक सडक मिचेर बनाएका घर र अन्य संरचना हटाउन पटक–पटक आग्रह गर्दा अटेर गरिएका कारण डोजर चलाउनु परेको आयोजना प्रमुख गुरु अधिकारीले बताए।
स्थानीयको अवरोध र विरोधका वावजुद उपत्यका सडक विकास आयोजनाले सडक मिचेर बनाइएका भौतिक संरचनामा डोजर चलाएको हो ।
सो सडक खण्डमा लामो समयदेखि स्थानीयको अवरोध रहँदा सडक स्तरोन्नतीको काम अगाडि बढ्न सकेको थिएन ।