प्रवेश पत्र उपलब्ध गराइदिने भन्दै विद्यार्थीबाट घुस लिएको आरोपमा एक प्रधानाध्यापक पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 18 | 03:27 pm 1609

धनुषा, चैत ५: विद्यार्थीलाई प्रवेश पत्र उपलब्ध गराइदिने भन्दै २ हजार रुपैयाँ घूस लिएको आरोपमा धनुषाबाट सामूदायिक विद्यालयका एक जना प्रधानाध्यापकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा मिथिला नगरपालिका वडा नम्बर २ स्थित जनता माध्यमिक विद्यालय नकटाझिजका प्रधानाध्यापक महेन्द्र मेहता रहेका छन् ।

उनलाई २ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले बुधबार पक्राउ गरेको हो ।

बिहीबारदेखि सुरु हुन लागेको माध्यमिक शिक्षा परीक्षा (एसईई) मा सहभागी हुने विद्यार्थीले फारम नभरेको र रकम दिए प्रवेश पत्र उपलब्ध गराइदिने भनेपछि विद्यार्थीले उनाई २ हजार रकम दिइरहेका थिए ।

सोही क्रममा उनलाई रंगेहात पक्राउ गरिएको अख्तियार आयोगले जानकारी दिएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.