अवैध भारु नोटसहित दुई भारतीय प्रहरी नियन्त्रणमा

| 2020 Mar 18 | 03:11 pm 2213

मकवानपुर, चैत ५: स्रोत नखुलेको अन्दाजी १० लाख भारतीय रुपैयाँसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बोलेरो चालक भारत बैरातपुरका ३१ वर्षीय विजय चौधरी र भारत नहेटीका ३८ वर्षीय शंकर सरकार रहेको मकवानपुर प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट खटिएको प्रहरी टोलीले पूर्वपश्चिम राजमार्गअन्तर्गत हेटौंडा १५ रातोमाटेमा वीरगन्ज जाँदै गरेको डब्लयुबि २३ इ २३३३ नम्बरको भारतीय बोलेरेबाट भारतीय रुपैयाँसहित २ जनालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको हो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.