अवैध लागूऔषध चरेससहित एक भारतीय पक्राउ

रिपोर्ट नेपाल | 2020 Mar 18 | 10:38 am 1377

काठमाडौं, चैत ५: अवैध लागूऔषध छ किलो चरेससहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारका ४० वर्षीय अनवर अली अन्सारी रहेका छन् ।

उनलाई महानगरीय प्रहरी वृत्त कालिमाटीको टोलीले कलङ्कीस्थित एक होटलबाट उक्त परिणामको अवैध लागूऔषध चरेससहित मङ्गलबार साँझ पक्राउ गरेको हो ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) रुगम कुँवरले झोलामा लुकाएर राखेको अवस्थामा पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका अन्सारीलाई आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।

उनलाई आजै जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी लागूऔषध ऐन २०३३ अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको प्रहरी नायब उपरीक्षक कुँवरले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.