एपीएफ टोलीद्वारा कटुवा पेस्तोल बरामद

| 2020 Mar 17 | 09:01 pm 2964

पर्सा, चैत्र ४: जिल्लाको पकाहामैनापुर गाउँपालिका १ स्थित धोरेगाँछीबाट मंगलबार एपीएफ टोलीले एउटा कटुवा पेस्तोल बरामद गरेको छ ।

नजिकै रहेको झाडीमा लुकाई छिपाई राखेको उक्त पेस्तोल सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट पकाहामैनापुरबाट सशस्त्र प्रहरी निरीक्षक सुमन रानाभाटको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद कटुवा पेस्तोल स्थानीय प्रहरीमा बुझाएको छ ।

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

धनुषा जिल्लाको विदेह नगरपालिका ९ स्थित सीमा ईलाकाबाट मंगलबार एपीएफ टोलीले करीव एक लाख ९६ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त मुल्य बराबरको लत्ताकपडा र जुत्ताचप्पल सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी महोत्तरी र नम्बर ८ गण धनुषाबाट सशस्त्र प्रहरी नायव उपरीक्षक डम्बरबहादुर रानाको कमाण्डमा खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान भन्सार कार्यालय जनकपुरमा बुझाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.