आफ्नै सौतेनी आमाको हत्या गर्ने १८ वर्षपछि पक्राउ

| 2020 Mar 17 | 04:19 pm 2139

काठमाडौं, चैत ४: कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्तलाई प्रहरीले १८ वर्षपछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङ्ग थाक्रे गाउँपालिका वडा नं ६ रानीबारीका ५८ वर्षीय (कान्छा थापा) भन्ने रण बहादुर थापा रहेका छन् ।

उनलाई ब्यूरोबाट खटिएको टोलीले घटना घटेको १८ वर्ष पछि २०७६ चैत ४ गते मंगलबार धादिङ्ग थाक्रे गाउँपालिका वडा नं ६ रानीबारीबाट पक्राउ गरेको जानकारी दिएको छ ।

२०५८ माघ १४ गते रण बहादुर थापाले अंश सम्बन्धी विवादको कारण आफ्नै सौतेनी आमा साईली थापालाई आफ्नै घर भित्र घाँटी थिची हत्या गरे पश्चात फरार रही लामो समयसम्म काठमाडौंमा लुकी छिपी बसी पछिल्लो समयमा आफ्नै घरमा गएर बसेको अवस्थामा पक्राउ गरेको ब्यूरोले जानकारी दिएको हो ।

थापालाई आवश्यक कारवाहीको लागि आजै जिल्ला प्रहरी कार्यालय धादिङ्गमा बुझाईएको जनाइएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.