१० वर्षे जनयुद्धका बेला बेपत्ता पारिएका व्यक्तिहरुको सूची सार्वजनिक (नामावलीसहित)

रिपोर्ट नेपाल | 2020 Mar 17 | 11:41 am 3192

काठमाडौं, चैत ४: द्वन्द्वकालीन समयमा राज्य पक्ष र बिद्रोही पक्षबीचको १० वर्षे जनयुद्धका बेला बेपत्ता परिाएका व्यक्तिहरुको सूची सार्वजनिक गरेको छ ।

मुद्दाको टुङ्गो लगाउन गठित बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले को सूची सार्वजनिक गरेको हो।

विसं २०५२ साल फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सशस्त्र द्वन्द्वको क्रममा बेपत्ता पारिएका व्यक्तिको बारेमा कुनै पनि जानकारी भए ललितपुरको पुल्चोकमा रहेको आयोगको कार्यालयमा जानकारी दिन अनुरोध गरिएको छ ।

यसका लागि पैसा तिर्नु नपर्ने फोन नम्बर १६६००१२२१११, आयोगको फोन नम्बर ०१५०१०१९६ र ०१५०१०१७९ मा फोन गर्न अथवा  [email protected] वा [email protected] मा इमेल गर्न सकिनेछ ।

सूचना दिने व्यक्तिको नाम गोप्य राखिने आयोगले जनाएको छ । बेपत्ता पारिएका दुई हजार पाँच सय ६ जना व्यक्तिको खोजी गरिदिन निवेदन परेको आयोगले जनाएको छ ।

सशस्त्र संघर्षमा बिराम लागेको १३ वर्षपछि सरकारद्वारा गठित आयोगले पहिलोपटक बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

नामावलीहरु

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.