शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउन विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

रिपोर्ट नेपाल | 2020 Mar 16 | 10:28 am 3037

  • महेश सिंह

सिरहा, चैत ३: जिल्लाको धनगढीमाई नगरपालिका वडा नं ११ मा आईतबार स्टेशनरी सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।

आर्थिक वर्ष ०७६ र ०७७ को योजना अन्तरगत धनगढीमाई नपा वडा नं ११ मा रहेका ज.आ.वि. नैनपुर सोनापुर र ज.आ.वि. नैनपुरका विद्यार्थी र शिक्षकहरुलाई स्टेशनरी सामाग्रि प्रदान गरेको हो ।

विद्यार्थीहरु नियमित स्कूल आउने र शैक्षिक क्षेत्रलाई गुण्स्तरीय बनाउने उद्देश्यले स्टेशनरी सामाग्रि वितरण गरेको धनगढीमाई नपा वाडा नं ११ का वडा अध्यक्ष गंगाराम यादवले बताए ।

२ सय ५० छात्र छात्राहरुलाई कापी, कलम र शिक्षकहरुलाई डायरी र कलम प्रदान गरेको वाडा सचिव अविर चौधरीले जानकारी दिए ।

धनगढीमाई नपा वडा नं ११ मा दुई वटा आधारभूत विद्यालय रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.