जुवातास खेल्ने खेलाउनेसहित ६ जना पक्राउ

| 2020 Mar 15 | 08:52 pm 1433

ललितपुर, चैत २: अवैध रुपमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जुवातास खेलाउने काईचा महर्जन लगायत गोपीलाल तामाङ, रुद्र वहादुर थापा, प्रेम गुरुङ, राम पाख्रिन र सन्त वहादुर घले रहेका छन् ।

ललितपुर महानगरपालिका वडा नं १३ नख्खुदोवाटो स्थित रहेको काईचा महर्जनको घरमा अवैध रुपमा जुवातास खेलीरहेका छन् भन्ने विशेष सुचनाको आधारमा महानगरीय प्रहरी प्रभाग सानेपा ललितपुरवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

काईचा महर्जनले आफ्नै घरको तेश्रो तलाको कोठामा अवैध रुपमा जुवातास खेली खेलाई रहेको अवस्थामा उनीसहित ६ जनालाई नगद १ लाख २० हजार ५ सय र तास ३ वुक सहित नियन्त्रणमा लिई थप अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.