असिनापानीले चुटेर अर्घाखाँचीमा एक बालकको मृत्यु

| 2020 Mar 15 | 01:11 pm 2420

अर्घाखाँची, चौत २: जिल्लाको शितगंगा नगरपालिकामा एक बालकको असिनापानीले चुटेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका १२ रजिया रातमाटाका १० वर्षीय विकास नेपाली रहेका छन् ।

शनिबार राति परेको असिनापानीले चुटेर बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए ।

सुस्त मनस्थिति भएका बालक शनिबार दिउँसो रजियाको घरबाट हिडेको र डोहोटेको कुँडुले जंगलका बाटोमा मृत भेटिएको बताइएको छ ।

अबिरल रुपमा परेको बाक्लो असिनाले चुटेरनै बालकको मृत्यु भएको प्रहरीको प्रारम्भीक अनुमान रहेको छ । उक्त घटना बारे थप अनुसन्धान भई रहेको बुझिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.