प्रधानमन्त्री ओली पुनः शिक्षण अस्पतालमा

रिपोर्ट नेपाल | 2020 Mar 15 | 12:05 pm 1457

काठमाडौं, चैत २: प्रधानमन्त्री केपी शर्मा ओली फलोअप उपचारको लागि प्रधानमन्त्री शिक्षण अस्पताल पुगेका छन्।

मिर्गौला प्रत्यारोपण गर्दा पेटमा राखिएको स्टेन्ट झिक्न तथा अन्य परीक्षणको लागि प्रधानमन्त्री ओली शिक्षण अस्पताल पुगेको बताइएको छ।

प्रधानमन्त्री ओली शुक्रबार त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएरका थिए।

उनको गत फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका हुन् ।

मिर्गौला प्रत्यारोपण सफल भएपछि प्रधानमन्त्रीको चिकित्सकको निगरानीमा स्वास्थ्योपचार गरिरहेका थिए।

प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने समीक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन्।

यसअघि विसं २०६४ मा भारतको अपोलो अस्पतालमा प्रधानमन्त्री ओलीको पहिलोपटक मिर्गौला प्रत्यारोपण गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.