चितुवाको आक्रमणबाट डडेल्धुरामा एक जना घाइते

रिपोर्ट नेपाल | 2020 Mar 14 | 10:03 pm 2694

डडेल्धुरा, चैत १: चितुवाको आक्रमणबाट डडेल्धुरामा एकजना घाइते भएका छन्।

घाइते हुनेमा अमगढी नगरपालिका–११ का ६८ वर्षीय नरफान सार्की रहेका छन्।

शनिबार दिउँसो जैगलमा बाख्रा चराउन गएका बेला सार्कीलाई चितुवाले आक्रमण गर्दा घाइते भएका हुन्।

बाख्रा घर ल्याउँदै गर्दा दिउँसो चितुवाले उनलाई आक्रमण गरेको जनाइएको छ। चितुवाको आक्रमणबाट उनको देब्रे कानमा चोट पुगेको छ।

डडेल्धुरा अस्पतालमा उपचारपछि उनी घर फर्किसकेको जिल्ला प्रहरी कार्यालय, डडेल्धुराले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.