झापा, चैत १: अदालतबाट डाँका मुद्दामा दोषी ठहरिएका एक व्यक्तिलाई प्रहरीले १० वर्षपछि पक्राउ गरेका छन्।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–७ का ४५ वर्षीय प्रकाश ओली रहेको प्रहरीले जनकारी दिएको छ ।
उनलाई इलाका प्रहरी कार्यालय काँकडभिट्टाले पक्राउ गरेको हो। जिल्ला अदालत झापाले २०६७ माघ १२ मा गरेको फैसलाअनुसार डाँका मुद्दामा ओलीलाई ६ वर्ष कैद र एक लाख ९६ हजार ९ सय ५० रुपैयाँ जरिवाना तोकेको थियो ।
अदालतले जरिवानासहितको कैद सजाय तोकेपश्चात फरार भएका ओलीलाई बिहीबार उनकै घरबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिए।
पक्राउ परेका ओलीलाई शुक्रवार झापा जिल्ला अदालतमा पेस गरी कैद भुक्तानका लागि झापा कारागार भद्रपुर चलान गरिसकेको प्रनाउ पोखरेलले बताए।