कुटपिटबाट उदयपुरमा एक युवकको मृत्यु

| 2020 Mar 13 | 10:36 am 1881

उदयपुर, फागुन ३०: कुटपिटबाट उदयपुरमा बिहिबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका वडा नम्बर ३ क्याम्पस डाँडाका २० वर्षीय सुनिल राउत रहेका छन् ।

गत फागुन २२ गते दाजु अनिल राउतको विवाह भोजमा आपसी विवाद हुँदा उनीमाथि कुटपिट भएको थियो ।

कुटपीटबाट गम्भीर घाइते भएका सुनिलको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार विवाह कार्यक्रममा केही समूहले भाडाकुडा, बाजा गाजा फुटाई दिएपछि सुनिलले प्रहरीलाई खबर गरेको थियो ।

उक्त निहुमा प्रहरी लगाएर पक्राउ गरेको आरोपमा स्थानीय युवाहरुले राती सुनिललाई घर भन्दा केही पर लगेर कुटपिट गरेको थियो । सुनिलको बाहिरी चोट पटक नदेखिए पनि आन्द्रामा दुई ठाउँ प्वाल परेको प्रहरीले जानकारी दिएको छ ।

प्रहरीका अनुसार कुटपिट गर्नेले मलद्वारबाट रड घुसारेको आशंका गरिएको छ । कुटपिटमा संलग्न ११ जनालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी उपरिक्षक बीरबहादुर बुढा मगरले जानकारी दिए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.