बोलेरोको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

रिपोर्ट नेपाल | 2020 Mar 11 | 12:21 pm 1981

नवलपुर, फागुन २८: बुधबार नवलपरासी गैँडाकोटमा बोलेरोको ठक्करबाट एक जना पैदलयात्रीको मृत्यु भएको छ।

मृत्यु हुनेमा गोरखा पालुङटार नगरपालिका–१० का ३५ वर्षीय ज्ञानबहादुर कुँवर रहेका छन् ।

ना ३ च २२६१ नम्बरको बोलेरोले चितवनबाट तरकारी बोकेर बुटवलतर्फ जाँदै गर्दा पूर्वपश्चिम राजमार्गमा पर्ने गैँडाकोट नगरपालिका–५ मा ठक्कर दिएको प्रहरीले जानकारी दिएको हो ।

उक्त स्थानमा रुहेको जनक मावि नजिकै ठक्कर दिँदा गम्भीर घाइते भएका कुँवरको उपचारका क्रममा भरतपुरको चितवन मेडिकल कलेजमा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरीक्षक चन्द्रबहादुर थापाले बताए।

ठक्कर दिने बोलेरो र त्यसका चालक धादिङको बेनीघाट गाउँपालिकाका चन्द्रबहादुर चेपाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.