तनहुँ, फागुन २७: अवध लागूऔषधसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँ ब्यास नगरपालिका वडा नम्बर ४ का २६ वर्षीय सन्तोष गुरुङ रहेका छन् ।
ट्राफिकसहितको प्रहरी टोलीले विभिन्न सवारी साधनहरु चेकजाँच गरी दुर्घटना लगाएतका अन्य अपराधिक गतिविधी न्युनिकरण गर्नको लागि मंगलबार जिल्ला तनहुँ व्यास नगरपालिका वडा नं २ अमरापुरी स्थितमा सवारी साधनहरु, व्यक्ती तथा उनीहरुले साथमा लिई हिडेका अन्य सामाग्रीहरु चेकजाँच गर्ने क्रममा उनी उक्त लागूऔषधसहित पक्राउ परेका हुन् ।
भादगाउँबाट दमौली बजार तर्फ आउदै गरेको ग १५ प २७७७ नम्बरको पल्सर मोटरसाइकललाई रोकी चेकजाँच गर्दा फेला परेको हो ।
गुरुङर्ले शंकास्पद व्यवहार देखाएपछि शरिर खानतलासी गर्दा उनले साथमा बोकेका कालो रंगको झोलाभित्र कालो टेपले बेरी प्याकिङ गरी लुकाई छिपाई राखीएको अवस्थामा लागूऔषध बरामद गरेको प्रहरीले जानकारी दिएको छ ।
प्याकिङ गरेको अवस्थामा डाईजेपामको शिशी थान ४३, फेनरागनको शिशी थान ४२, नुफिनको शिशी थान ४२, नेपाली नगद र मोबाइल सेट समेत फेला पारी बरामद गरेको हो ।
कानुनी बमोजिम बरामद गरी उनलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम थप अनुसन्धान भईरहेको बताइएको छ ।