कास्की, फागुन २६: सोमबार फेवातालमा कार खस्दा कारमा सवार ४ जना घाइते भएका छन् ।
ग २ त ६९१२ नम्बरको कार खपौदीबाट लेकसाइड तर्फ जाँदै गर्दा सोमबार बिहान ११ः ४५ बजे रातोमाटो डाँडा नजिकैबाट १ सय मिटर तल तालमा खस्दा चालक सहित ४ जना सामान्य घाइते भएको प्रहरीले जानकारी दिएको छ ।
उक्त दुर्घटनामा परी घाइते हुनेमा लेकसाइड बस्ने करीब ३२ वर्षीय चीरण बस्नेत, ३० वर्षीय संजय यादव, चालक ३७ बर्षीय राजु पहारी र उनकी २ बर्षीया छोरी राविया पहारी रहेको ट्राफिक कार्यालय बैदामका प्रहरी सहायक निरीक्षण बिष्णु बहादुर पल्ली मगरले जानकारी दिए ।
होली मनाएर फर्कने क्रममा कार दुर्घटनामा परेको बुझिएको छ । कार चालकलाई प्रहरीले अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जनाइएको छ ।