कञ्चनपुर, फागुन २५: जिल्लाको पुनर्वास नगरपालिका–८ मा आइतबार मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
मृत्यु हुनेमा १६ वर्षीय दिनदयाल राना रहेको प्रहरीले जानकारी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी निरीक्षक कृष्णानन्द भट्टका अनुसार से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किँदा गम्भीर घाइते भएका रानाको उपचारका क्रममा मृत्यु भएको जानकारी दिए ।
प्रहरी निरीक्षक भट्टले बताए अनुसार मोटरसाइकल दुर्घटनामा परी चार घाइते भएका थिए, भने, चार मध्ये एकको मृत्यु भएको खबर आएको छ ।
घाइते हुनेमा पुनर्वास बिचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार, पुनर्वास–७ का अर्जुन राना र कैलालीको गोदावरी नगरपालिकाका अनिल लामिछाने रहेका छन् ।
घाइते तीनै जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको बताइएको छ ।