मिर्गौला पीडित भुजेललाई रिडर्सको सहयोग

| 2020 Mar 08 | 05:23 pm 2492

गुल्मी, फागुन २५: गुल्मी जिल्लाका चर्चित फूटबल खेलाडी युगल भुजेललाई रिडर्स पब्लिक स्कुलका विद्यार्थी, शिक्षक र स्कुलले आर्थिक सहयोग गरेका छन् ।

दुबै मिर्गौला फेल भएर उपचार गराई रहेका युगलको आर्थिक स्थिति दयनिय भएको प्रष्ट देखेका स्कुलका संस्थापक श्रीप्रसाद भलामी र निर्देशक टिका भलामीको सकृयतामा ४० हजार ५ सय २० रुपौयाँ प्रदान गरिएको छ ।

स्कुलले १० हजार रुपैयाँ र विद्यार्थी शिक्षकबाट ३० हजार ५ सय २० गरी उक्त रकम हस्तान्तरण गरिएको हो ।

त्यसैगरी अस्पताल वरिपरीका व्यवसायी र महेन्द्र नमुना माध्यमिक विद्यालयका शिक्षकबाट समेत सहयोग प्रदान गरिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.