धनकुटा, फागुन २४: नेपाल घुम्न आएका एक जना भारतीय नागरिक धनकुटा नगरपालिका ९ स्थित रहेको तमोर नदीमा डुबेर बेपत्ता भएका छन्।
बेपत्ता हुनेमा भारतको बिहार राज्यको पुर्णिया घर भई हाल विराटनगरको नोबेल मेडिकल कलेजमा अध्ययनरत २६ वर्षीय भिनित शर्मा रहेका छन् ।
घुम्न आएका उनी नदी किनारमा सेल्फी खिच्न खोज्दा चिप्लिएर नदीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ।
शनिबार दिउँसो करिब १ बजे बेपत्ता भएका उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी सुदर्शन कोइरालाले जानकारी दिए।
शर्माको खोजीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी खटिएका छन्।