ट्याक्टर दुर्घटना हुँदा गोरखामा एकको मृत्यु, दुई घाइते

रिपोर्ट नेपाल | 2020 Mar 07 | 12:38 pm 2673

गोरखा, फागुन २४: जिल्लाको सिरानचोक गाउँपालिका ८ जौबारीमा शुक्रबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा १ जनाको मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

मृत्यु हुनेमा दाङ घर भएका २३ वर्षका यज्ञबहादुर भण्डारी रहेका एसपी ओम अधिकारीले बताए ।

जौबारीबाट चनौटे आउँदै गरेको ग १ त ४६८२ नम्बरको ट्रयाक्टर शुक्रबार साँझ साढे ८ बजेतिर सिरानचोक गाउँपालिका ८ को धन्सारमा दुर्घटनामा परेको हो ।

घाइते ट्रयाक्टर चालक गोरखाको बारपाक सुलिकोट गाउँपालिका ६ का १९ वर्षका सुमन अधिकारी र दाङका २९ वर्षका सुवास थापामगरलाई थप उपचारका लागि चितवन पठाइएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.