प्रधानसेनापतिबाट उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान

रिपोर्ट नेपाल | 2020 Mar 06 | 08:24 pm 2552

काठमाडौं, फागुन २३: नेपाल सरकार, मन्त्रीपरिषद्को २०७६ फागुन १८ गतेको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका नेपाली सैनिक वार कलेजका सहायक रथी सुरेश कुमार कार्कीलाई शुक्रबार जंगी अड्डामा आयोजित एक कार्यक्रमकाबीच प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

साथै, उपरथी दर्जामा पदोन्नति भएका कार्कीलाई श्री मध्य पूर्वी पृतना हेडक्वावाटरको पृतनापतिको जिम्मेवारी दिईएको छ ।

प्रधानसेनापति र मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय राजदुतबीच  भेटवार्ता

शुक्रबार प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र मेक्सिकोका नवनियुक्त गैह्र आवासीय महामहिम राजदुतMr. Federico Salas Lotfe ले जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।

उक्त भेटवार्ताका क्रममा प्रधानसेनापति थापा र महामहिम राजदुतMr. Federico Salas Lotfe बीच द्विपक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

संयुक्त राष्ट्रसंघको आव्हानमा विश्‍व शान्ति स्थापना कार्यको लागि फौज पठाउने मुलुकहरु मध्ये नेपाल चौथो स्थानमा

संयुक्त राष्ट्र संघको आव्हानमा विश्‍व शान्ति स्थापना कार्यको लागि फौज पठाउने विश्‍वका १ सय २२ मध्ये नेपाल पाँचौ स्थानबाट चौथो स्थानमा उक्लन सफल भएको छ ।

हाल संयुक्त राष्ट्र संघको आव्हानमा शान्ति स्थापना कार्यको लागि विभिन्‍न १२ वटा द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ भएका नेपाली कण्टिन्जेण्ट, सैनिक पर्यवेक्षक र स्टाफ अधिकृतहरु गरी जम्मा ५ हजार ६ सय ५८ जना सुरक्षाकर्मीहरु कार्यरत रहेका छन् ।

नेपाली सेनाका ५ हजार ९६ जना शान्ति सैनिक र नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ५ सय ६२ जना फौज विभिन्‍न द्वन्द्वग्रस्त मुलुकहरुमा तैनाथ रहेका छन् ।

पहिलो पटक सन् १९५८ मा United Nations Observation Group in Lebanon मिशनमा नेपाली सेनाको तर्फबाट ५ जना सैनिक पर्यवेक्षक सहभागी भएका थिए भने हालसम्म १ लाख २९ हजार ८ सय ९९ जना सैनिकहरुले सहभागिता जनाईसकेका छन् ।

नेपाली सेनाका १ हजार ४ सय १ जना महिला शान्ति सैनिकहरुले सहभागिता जनाईसकेका छन् भने हाल १ सय ८१ जना महिलाहरु विभिन्‍न मिशनहरुमा कार्यरत रहेका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.