विप्लव समूहका बागलुङ नगरकमिटि इन्चार्जद्वारा पार्टी परित्याग

रिपोर्ट नेपाल | 2020 Mar 06 | 05:32 pm 1830

बागलुङ, फागुन २३: सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) समूह नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका बागलुङ नगरकमिटी इन्चार्ज काशीनाथ पौडेलले पार्टी परित्याग गरेका छन्।

शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका हुन्।

उनले आउँदा दिनहरुमा पार्टीका कुनै पनि कार्यक्रममा सहभागि नहुने र नेपालको कानुनले बर्जित गरेका क्रियाकलापमा सहभागि नहुने प्रतिबद्धतासहित पार्टी परित्यागको घोषणा गरेका हुन्।

पौडेलले जिल्ला प्रशासन, प्रहरी, राजनीतिक दल, जनप्रतिनिधि र समाजसेवी लगायतको रोहबरमा पार्टी परित्याग गरेको विज्ञप्ति सार्वजनिक गरेका थिए।

विज्ञप्तिमार्फत उनले आफ्नै कृषि कर्म गरे बस्ने उल्लेख गरेका छन्। गत फागुन १ गते जिल्ला प्रहरी कार्यालय बागलुङले उनलाई बागलुङ नगरपालिका–४ स्थित आफ्नै घरबाट नियन्त्रणमा लिएर अनुसन्धान थालेको थियो।

पार्टी परित्यागको घोषणा गरेसँगै पौडेललाई नियन्त्रण मुक्त गरिएको प्रहरी उपरीक्षक नवराज भट्टले बताए।

पौडेल विप्लव नेतृत्वको पार्टीमा बागलुङ नगरपालिकाका प्रभावशालि नेताका रुपमा चिनिएका थिए।

लामो कसरतपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। थुनामुक्त भएसँगै पौडेल शुक्रबार नै घर फर्किएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.