काठमाडौं, फागुन २३: गत बुधबार मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छिट्टै काममा फर्कने बताएका छन् । उनका राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रधानमन्त्री ओली छिट्टै काममा फर्कने जानकारी दिएका हुन् ।

रिमालले ट्वीटरमार्फत सर्जरीपछि आज पहिलो पटक प्रधानमन्त्रिसँग कुरा गर्ने अवसर मिलेको जानकारी दिएका छन् । रिमालका अनुसार प्रधानमन्त्री ओलीले साथीहरुलाई भनिदिनुस्, मेरो स्वास्थ्य तीव्र गतिमा सुधार भइरहेको छ । छिट्टै काममा फर्किन्छु भन्ने सन्देश दिएको बताए ।
दोस्रोपटक मिर्गौला प्रत्यारोपणपछि प्रधानमन्त्री ओलीलाई चिकित्सकहरु बाहेक अरु कसैलाई भेट्न दिइएको छैन । उनले त्रिवि शिक्षण अस्पतालमा स्वास्थ्यलाभ गरिरहेका छन् ।