घुस लिएको आरोपमा गाउँपालिका अध्यक्ष र वडा अध्यक्ष विरुद्ध मुद्दा दायर

रिपोर्ट नेपाल | 2020 Mar 05 | 07:35 pm 1695

काठमाडौं, फागुन २२: जाजरकोटको जुनीचाँदे गाउँपालिकाका अध्यक्ष कृष्णबहादुर केसी र वडा नम्बर ५ का वडाध्यक्ष राजबहादुर शाहीविरुद्ध विशेष अदालत काठमाडौंमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ ।

केसी र शाहीले सडक निर्माण कार्यमा कमिसनबापत २५ लाख ५० हजार रुपैयाँ घुस लिएको दाबीसहित अख्तियारले उनीहरु विरुद्ध बिहीबार मुद्दा दायर गरेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।

कमिसनका लागि डरधम्की दिएर घुस दिन बाध्य बनाएको उजुरी परेपछि अख्तियारले दुवै जनामाथि अनुसन्धान अघि बढाएको थियो ।

अनुसन्धानको क्रममा केसी र शाहीले कमिशनको लागि बार्गेनिङ गरी नगद लिनुका साथै बैंक खातामा समेत रकम जम्मा गर्न लगाएको पुष्टि हुन आएकोले उक्त रकम माग दाबीसहित मुद्दा दायर गरिएको कोइरालाले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.