सुख्खा पहिरोका कारण अबरुद्ध सडक सुचारु

रिपोर्ट नेपाल | 2020 Mar 05 | 12:46 pm 3047

मुस्ताङ, फागुन २२: जिल्लाको थासाङ गाउँपालिका ४ घैकु भीरमा सुख्खा पहिरो गएर अवरुद्ध सडक बिहीबार बिहानबाट संचालनमा आएको छ ।

उक्त सडक गत सोमबार सडक स्तरोन्नति भैरहेको अवस्थामा अचानक पहिरो खस्दा स्काभेटरसमेत दुर्घटना भएको थियो ।

दुर्घटनामा परी सिन्धुपाल्चोक निवासी अर्जुन दाहालको मृत्यु भएको थियो । साथै पृथ्वी घोडाघोडी समितिको ना ६ ख ४०४१ नम्बरको बसमा समेत क्षति पुगेको थियो ।

सडक अवरुद्धका कारण बेनी जोमसोम आवतजावत गर्ने सिधा सवारी साधन र यात्रुहरुलाई मर्का परेको थियो ।

करिब चार दिन लगाएर अवरुद्ध सडक बनाएपछि आज बिहानदेखि सीधा सवारी साधन संचालनमा सहज भएको बेनी जोमसोम सडक खण्ड अन्तर्गतका सुपरभाइजर इन्द्रसिंह शेरचनले बताए ।

शर्मा गजुरमुखी जेबी कम्पनीले जिम्मा पाएको उक्त सडक खण्ड अझै पनि जोखिमपूर्ण रहेको शेरचनले बताए ।

सडक खुलाउन जिल्ला स्थित नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र, एक्याप, सरोकारवाला निकाय, यातायात व्यवसायी र स्थानीयबासीले धेरै मद्दत गरेको समेत शेरचनले बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया

© Copyright Report Nepal Pvt. Ltd. | Website By : GOLDENMUD CREATION PVT. LTD.